काठमाडौं - मास्क कालोबजारी गर्ने ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई ७८ हजार थान माक्स सहित काठमाडौं महानगरपालिका १५ डल्लुबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे रोसी गाँउपालिकाका काठमाडौं स्वयम्भू बस्ने निशान तामाङ, मिन्टु तामाङ, मानकाजी लामा, रामेछापका शिव खड्का,अनिष कार्की, उज्वल अधिकारी बाजुराका थुमराज उपाध्याय, निर्प काकी रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका डल्लुस्थित आवसमा मिन्टु तामाङले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी उक्त मास्क लुकाई छिपाई बढी मूल्यमा बिक्री बितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा ५ रुपैयाँ भन्दा कम पर्ने मास्कलाई ३१ रुपैयाँ मूल्य कायम गरी बिक्री बितरण गर्न लागिरहेको खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।