काठमाडौं - नेकपा सांसदले दसैंका लागि आएको भत्ता सरकारको कोरोना कोषमा जम्मा गर्ने भएका छन्।  

आज (सोमबार) दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदका लागि सरकारबाट उपलब्ध दसैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हाे ।  

कोरोना महामारीका कारण नागरिक चरम पीडामा रहेका बेला जनप्रतिनिधिले दसैं भत्ता लिनु बैठीक भएको भन्दै एकपछि अर्का सांसदले यस्तो रकम फिर्ता गरिरहेका बेला सत्तारूढ नेकपाका सांसदले पनि दसैं खर्चबापतको रकम कोरोना नियन्त्रणमा लगाउने निर्णय गरेका हुन्।   

साथै बैठकले कोरोना संक्रमणको जोखिम रहेकाले यसपालिको दसैं घरभित्रै रहेर मनाउन आम नागरिकमा अपिल पनि गरेको हाे ।