काठमाडौं - डाक्टर गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।

बुधबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै नागरिक अभियन्तासमेत डा. केसीले अनशन स्थगित गरेको जानकारी दिएका हुन् । 

प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले अनशन स्थगित गरिएको केसीले बताएका छन् । 

तर, आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।