काठमाडौं - बलिउड अभिनेत्री क्याट्रिना कैफले सँधै आफ्नो स्टेटमेन्टबाटै फ्यानहरुलाई इम्प्रेस गर्दै आएकी छन् । क्याट्रिको आफ्नो मेकअप आर्टिस्ट, हेयर ड्रेसर र क्रु मेम्बरसँग राम्रो बोन्डिङ छ । 

भर्खरै पनि उनी आफ्नो मेकअप आर्टिस्टको वेडिङका लागि गोवा पुगेकी छन्, जहाँ उनले रमाइलो गरेकी छन् । मेकअप आर्टिस्टबाट क्याट्रिनाको तस्वीर भाइरल बनेसँगै एक सिजलिङ र धमाकेदार डान्सिङ भिडियो पनि बाहिरिएको छ ।


भिडियोमा क्याट्रिनाले आफ्नो मेकअप आर्टिस्टको साथमा हिट गीत अफगान जलेवीमा जमेर डान्स गरेकी छन् । क्याट्रिनो उक्त भिडियो सोसल मिडियामा भाइरल भइसकेको छ । फ्यानहरुले क्याट्रिनाको सो भिडियोलाई निकै रुचाइहरेका छन् । 

पछिल्लो समय क्याट्रिना सलमान खानको फिल्म भारतमा देखिएकी थिइन् । फिल्मको उनको अभिनयलाई निकै तारिफ गरिएको थियो । अब उनी चाँडै रोहित शेट्टीको फिल्म सूर्यवंशीमा देखिदैछन् । यो फिल्ममा अक्षय कुमार पनि मुख्य भूमिकामा छन् ।