काठमाडौं - भारतीय राजनीतिमा आफ्नो अलग पहिचान बनाएका नरेन्द्र मोदी सरकारका दुई पूर्व मन्त्रीहरुको एक महिना भित्रै निधन भएको छ।  

मोदी सरकारकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको मृत्यु भएको ३ हप्ता पनि नवित्दै अर्का पूर्व मन्त्री अरुण जेटलीको पनि निधन भएको छ।  यि दुवै नेताहरु आफ्नो स्वास्थ्यका कारण सन् २०१९को लोकसभाको निर्वाचनमा उमेद्वार भएका थिएनन्। 

भाजपाका दिग्गज तथा प्रभावशाली नेताहरुमा गणना हुने स्वराज र जेटलीको निधनमा देश भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गरेका छन्। 

पहिला स्वराजलाई गुमाए अब मेरा मित्र अरुणलाई गुमाए वहराइनमा मोदीले एवं सार्वजनिक कार्यक्रममा व्यक्त गरे।संयोग नै भन्नुपर्छ करिव ३ हप्ता भित्रै जीवन गुमाएका भारतका यि दुवै राजनीतिक हस्तीको मृगौला प्रत्यारोपण गरिएको थियो।

स्वराजको मृगौला प्रत्यारोपण भएको एक दशक भन्दा बढी भएको थियो भने जेटलीको प्रत्यारोपण भएको करिव १ बर्ष मात्र भएको थियो।  मृगौला प्रत्यारोपण भएको केहि समयदेखि नै केहि समस्या व्यहोरेका जेटलीको निधन भने क्यान्सर समेतका कारण भएको थियो।