काठमाडौं - जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहेन भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् ।

डा केसीलाई उधृत गर्दै उपचारमा संलग्नक डा पुजन रोकायाले भने, औषधि लिएर अनशन बस्नुको के अर्थ ?

शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा केसीको मस्तिष्कमा समेत समस्या बढ्दै गएको जानकारी दिए ।

 नागरिक दैनिकबाट