काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गोपीले ५ हजार मिटर दौड निर्धारित दुरी १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यस्तै, भारतका सुनिल दवारले रजत तथा नेपालकै हरिकुमार रिमालले कास्य पदक हात पारे । यो सँगै नेपालको खातामा स्वर्ण पदक संख्या ३७ पुगेको छ ।