काठमाडौं - राजधानी काठमाडौंका सडकको धूलो सफा गर्न हरेक रात ५ वटा ब्रुमर परिचालन गरिन्छन् ।

साँझ ८ बजेबाट शुरू हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् तर निर्माण सामाग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेरमा फोहोर हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बालुवा, गिटी, ढुंगासहितका निर्माण सामाग्री बोक्ने टिपर र ब्रुमरको प्रतिस्पर्धा रातमा चल्ने बताउँछन् । 

एउटा टिपरले झार्दै गरेको धूलो सफा गर्दै ब्रुमर अगाडि बढ्छ, पछाडि अर्को टिपरले धुलो झार्दै आउँछ, उनी भन्छन् ।

 गोरखापत्र दैनिकबाट