काठमाडौँ - एनआईसी एशिया बैंक र ब्लु क्रस हस्पिटल, त्रिपुरेश्वरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा उपभोक्तालाई ब्लु क्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।

यो सुविधा कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले पाउनेछन् ।