काठमाडौं - साउथ सुपरस्टार प्रभास साहो फिल्मसँगै विवाहका कारण पनि चर्चामा छन् । प्रभासले साहोको रिलिजपछि अमेरिकामा व्यापार गरिरहेका व्यापारीकी छोरीसँग बिहे गर्ने हल्ला चल्यो । तर, यो विषयलाई प्रभासका प्रवक्ता तथा परिवारले पुष्टि भने गरेका थिएनन् । 

अब भने प्रभासको विवाहको खबर झुटो भएको टिओआई म्यागजिनले बताएको छ । समाचारअनुसार अहिले नै प्रभासले विवाह गर्ने छैनन् । बरु साहोपछि ठूलो बजेटको बलिउड फिल्म साइन गर्ने सुरमा छन् ।

प्रभासको हल्ला बाहुबली अभिनेत्री अनुष्का सेट्टीसँग जोडिएपछि सुरु भएको थियो । तर, दुवैले कहिल्यै अफेयरलाई स्वीकार गरेनन् । २०१८ मा प्रभासले साउथ अभिनेता चिरञ्जीवीकी भान्जीसँग विवाह गर्न लागेको खबर बाहिर आएको थियो ।