विराटनगर - धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजारका २५ वर्षिय युवक रहेका छन् ।

जनकपुर अस्पतालबाट रिफर भएर बिहिबार राति धरान ल्याइएका युवकको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

'उहाँ मिर्गौलाका बिरामी रहेको र नियमित डायलासिस गर्दै आउनुभएको रहेछ । जनकपुर अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उपचार गर्न नसक्ने भन्दै अस्पतालले धरान रिफर गरेको रहेछ । बिहिबार राति प्रतिष्ठानमा भर्ना हुनुभएको थियो । भर्ना हुनेबित्तिकै डायलासिसको क्रममा उहाँको मृत्यु भयो' स्रोतले भन्यो ।