काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी ४-० को फराकिलो अन्तरले विजयी भएको छ । म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले पराजित गरेको हो ।

सो जितमा सिटीले पहिलो र दोश्रो हाफमा २-२ गोल गरेको थियो। खेलको दोश्रो मिनेटमा केविन डी ब्राउनको गोलबाट अग्रता कायम गरेको सिटीले ४२ औं मिनेटमा सर्जियो अग्युरोको गोलमा आफ्नो अग्रतालाई दोब्बर पारेको थियो।

त्यसपछि सिटीले खेलको ५५ औं मिनेटमा तेश्रो गोल गर्‍यो। यो गोल पनि अग्युरोले नै गरे। यस्तै ७९ औं मिनेटमा बर्नार्डो सिल्भाले टोलीका लागि चौथो गोल गरे।

चार खेलबाट १० अंक जोडेको सिटी लिगको अंकतालिकामा चौथो स्थानमा रहेको छ।