काठमाडौं - संयुक्त राष्ट्रसंको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वको प्रतिनिधिमण्डल आज अमेरिका जाँदैछ ।

प्रधानमन्त्री केपी ओली भर्खरै सिंगापुरबाट उपचारपछि  स्वदेश फर्किएकाले महासभामा भाग लिन परराष्ट्रमन्त्री नेतृत्वको टोली जान लागेको हो ।

महासभामा आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउने र सन् २०३० भित्र तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत लगानी अपूरो रहेकाले यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र समन्वयको अपेक्षा राख्ने बताइएको छ ।

यस्तै बैठकका क्रममा सार्कस्तरिय परराष्ट्रमन्त्रीहरुको छलफल गर्ने समेत नेपालको तयारी छ ।