काठमाडौं - साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गर्दा भिर्गिल भान डाइकले एक गोल गरे ।

लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए । खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल भएको खेलको अन्तिम समयतिर सालाहले निर्णायक गोल गरेका थिए । सालाहले दुई गोल पेनाल्टीमा गरेका थिए ।

खेलको चौथो मिनेटमै सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । १२ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए ।

२० औँ मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । तर, ३० औँ मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सलाई फेरि बराबरीमा फर्काए । तर, ३३औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले पहिलो हाफमा ३-२ को अग्रता बनायो ।

६६ औँ मिनेटमा खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए । तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।

यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो ।