काठमाडौं - हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने भएका छन् ।

यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । यद्यपी, विवाहको तिथि भने निश्चित भएको छैन ।

गजुरेलले अहिले प्रेमसम्बन्धमा रहेको बताएका छन् । साथै, छिट्टै विवाह गर्ने तयारीमा समेत रहेको उनले बताए । 'तपाईंहरूले जे सुन्नुभयो त्यो सत्य हो, म छिट्टै विवाह बन्धनमा बाँधिदैँ छु' गजुरेलले भने ।

कोसँग विवाह गर्दैछन् भन्नेबारे उनले खुलाउन चाहेनन् । उनले भने, 'अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै बताउँछु ।'

गजुरेलले २०५३ सालमा ढकालसँग प्रेम विवाह गरेका थिए । सम्बन्धमा खटपट आएपछि २०७४ सालमा सम्बन्धबिच्छेद गरेका थिए । त्यसअघि नैकेहीसमय उनीहरु अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।