काठमाडौं, एजेन्सी - एनसीबीले लागुपदार्थ केशमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अगाडि बढिरहँदा एकपछि अर्को नयाँ नाम अगाडि आइरहेका छन् । 

अब एनसीबीले अन्धेरीमा रहेकी लोकप्रिय हाँस्य कलाकार भारती सिंहको घरमा छापा मारेको छ। यस मामिलामा थप विवरणहरू खुलाइएको छैन। 

एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टारहरूलाई निशाना बनाएको छ। हालसालै अभिनेता अर्जुन रामपाललाई पनि एनसीबीले लामो समय सोधपुछ गरेको थियो र उनको घरमा छापा मारेको थियो।

भारती सिंहको हाँस्य क्षेत्रमा आफ्नो स्टारडम रहेको छ । अहिले उनी कपिल शर्मा शोको एक हिस्सा हुन् ।