काठमाडौं - नेपाली पश्मिना र कफीको अन्तर्राष्ट्रिय वजारीकरण र प्रवर्द्धनका लागि युरोपियन युनियनले नयाँ सञ्चालनमा ल्याएको छ।

नेपालको महत्त्वपूर्ण नियतयोग्य वस्तुका रूपमा रहेको पश्मिना र कफीलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम बजारमा पुर्‍याउन उत्पादन, गुणस्तर सुधार र वजार प्रवर्द्धनमा कार्यक्रम लक्षित रहने वताइएको छ ।

इन्टरनेसनल ट्रेड सेन्टर (आईटीसी)ले कार्यान्वयन गर्ने सो परियोजनामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्य रहनेछ  ।

कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले यो कार्यक्रम निर्यातयोग्य वस्तुको प्रतिस्पर्धी क्षमता विस्तारमा अत्यन्तै उपयोगी बताए ।

निर्यात प्रवर्द्धनमा महत्त्वपर्ण योगदान गर्ने गरी आएको यो कार्यक्रमले कफी र पश्मिना उद्यममा लागेका लघु तथा साना उद्यमीको जीवनस्तर सुधारमा योगदान महत्त्वपूर्ण योगदान दिने छ, उनले भने।


 गोरखापत्र दैनिकबाट