काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज डिस्चार्ज भएका हुन् । मंसिर १० गते ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सेन्टरका प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको उल्लेख गरेका छन् ।

बिहीबार दिउँसो ४ बजे जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार हाल सम्माननीयज्यू को स्वास्थ्य लाभ भएकाले केही दिनको आराम गर्ने सुझावसहित उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।'