काठमाडौं - गौरिका सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी छन्।

१३ औँ दक्षिण एसियाली खेलकुदको पाँचौँ दिन उनले सातदोबाटो पौडी पोखरीमा उक्त कीर्तिमान बनाएकी हुन्।

उनले उक्त दूरी २ मिनेट ०५स्०६ सेकेन्डमा पूरा गरेकी हुन्।यसअघि नेपालले आठौँ सागमा टिम इभेन्ट्स स्वर्ण जितेकी थिइन्। स्वर्ण पदक जित्ने उक्त टोलीका खेलाडीहरू नयना शाक्य, रुना प्रधान, रुबिना प्रधान र स्तुति सिंह हुन्।