काठमाडौं - १ मार्च (२८ फागुन)देखि २२ मार्च (९ चैत)सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार सो अवधिमा नेपाल भित्रनेमध्ये ८० हजार ५ सय ४३ जना नेपाली र ३५ हजार २३ जना विदेशी नागरिक छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए ।

‘मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन्, यस अवधिमा आउने विदेशीको संख्या ३५ हजार २३ छ, अन्य सबै नेपाली छन्,’ अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख आचार्यले भने ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा ९ चैतमा रोक लगाएयता अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोही पनि नेपाली तथा विदेशी नेपाल आएका छैनन् । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिँदै गएपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । 

 राजधानी दैनिकबाट