काठमाडौं -  नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण फुटबल खेलको मिति तय भएको छ ।

बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले मंगलबार राति एक सूचना सार्वजनिक गर्दै नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो ।

जारी सूचनाका अनुसार नेपालले बंगालदेशसंग नोभेम्बर १३ र १७ तारिख अर्थात् कात्तिक २८ गते र मंसिर २ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।

दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुनेछ । बंगलादेशले नेपालविरुद्ध खेल्ने ३६ सदस्यीय खेलाडी नाम समेत सार्वजनिक गरेको छ ।

गतहप्ता नेपाल सरकारले समेत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको प्रस्ताव स्विकृत गरेको थियो ।