काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले कास्कीको पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

आइतवार अपराह्न श्रेष्ठले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत छन् ।

माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको थियो ।२०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभाका लागि गोर्खा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लडेका श्रेष्ठ डाक्टर बाबुराम भट्टराईसँग हारेका थिए ।