काठमाडौं,एजेन्सी - चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डको जागिर धरापमा परेको छ । यस सिजन चेल्सीले सानदार खेल प्रदर्शन गरिरहेको छैन ।

लिगको नवौँ स्थानमा रहेको चेल्सी नयाँ प्रशिक्षकको खोजीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार चेल्सीले लेस्टर सिटीका प्रशिक्षक ब्रेण्डन रोजर्सलाई अनुबन्ध गर्न चाहेको छ ।

उनले लेस्टरको जिम्मा लिएपछि सन्तुलित खेल प्रदर्शन गराउन सफल भएका छन् ।

मिरर मिडियाका अनुसार उनलाई अनुबन्ध गर्न चेल्सीले प्रयास सुरु गरेको छ ।