काठमाडौं - यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख किरण ढकाल भक्तपुर सरुवा भएका छन् ।

करिब छ महिना एकान्तकुनामा कार्यालय प्रमुखको रुपमा काम गरेका ढकालले छोटो समयमा धेरै सुधार गरेका थिए । कार्यालयमा उपलब्ध हुने सेवामा छिटो, छरितो, सहज र प्रभाकारी ढङ्गबाट सेवा पाउने गरेको सेवाग्राहीहरु बताउँछन् ।

बिचौलियाहरुको बिगबिगी रहेको कार्यालयलाई उनले बिचौलियालाई प्रवेश निषेध बनाएर सेवक राईलाई प्रभावकारी ढङ्गले सेवा दिन सफल भएका ढकाललाई यातायात व्यवस्था विभागले उनलाई भक्तपुर सरुवा गरेको छ भने यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख राजन पौडेललाई एकान्तकुना पठाइएको छ ।