काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह आइतबारदेखि प्रदेश नम्बर ५ को भ्रमणमा निस्कँदै छन् । पूर्वराजा शाह निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेका  हुन् ।

उनका संवाद सचिव फणि पाठकका अनुसार उनले भैरहवा र त्यसआसपासको जिल्लाको भ्रमण गर्नेछन् ।

बेलाबेलामा जिल्ला भ्रमणमा निस्किएर आफ्नो सक्रियता बढाउँदै आएका पूर्वराजाले विगतकै जस्तो प्रचलनलाई यसपटक पनि निरन्तरता दिने बताइएको छ ।  २ साता  लामो भ्रमणमा क्रममा उनले धार्मिक स्थलको दर्शन गर्नुका साथै राजनितिक भेटघाट गर्ने पनि बताइएको छ ।