काठमाडौं - सरकारले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले भट्टलाई बोर्डको सीईओमा नियुक्त गरेको हो। भट्ट योजना आयोगका सदस्यसमेत हुन् ।

बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि पद रिक्त थियो ।

बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गरेको थियो। तीन जनामा डा। सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए।