काठमाडौं - हृदयघात अर्थात Heart Attack भनेको मुटुको कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो। यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात कहिले काँही मानिसलाई थाहा नहुन पनि सक्छ।

हृदयघातका दश लक्षणहरू

छातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनु व्यवस्था कायमै रहेको छ ।

छातिको दुखाइ बायाँ हाततिर सर्नु

पेटको बीचमा अत्याधिक दुखाई हुनु

चिटचिट पसिना आउनु

वाकवाकी लाग्नु तथा बान्ता हुनु

डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु

विशेष गरी मधुमेहका रोगी तथा बृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु

बृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु

थोरै गतिबिधि गर्दा पनि असहज र थकाइ लाग्नु

महिला बृद्ध र मधुमेहका रोगीमा हृदयघातको लक्षण अलि फरक हुने भएकोले विशेष सावधानी अपनाउनु पर्छ

बच्ने प्रमुख दश तरिकाहरू

चुरोट र मदिराको सेवन पूर्णरुपमा बन्द गर्नु

कोलेस्टेरोललाई नियन्त्रण गर्नु

रक्तचापलाई नियन्त्रणमा राख्नु

मधुमेहको उचित उपचार गर्नु

तौललाई नियन्त्रणमा राख्नु

स्वस्थ आहारको सेवन गर्नु

फलफुल, सागसब्जी बढी मात्रामा सेवन गर्नु

मानसिक तनाव र रिस कम गर्नु

प्रदूषणबाट बच्नु

दैनिक आधाभन्टा हिँडडुल गर्ने

चिकित्सकको सल्लाह अनुसार एस्प्रीन र कोलेस्टेरोलको औषधिको प्रयोग गर्ने