काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोना भाइरस रोक्नको लागि देशले गरेको कसरतलाई देखेर बधाई दिएका छन् ।

‘चीनले कोरोना भाइरस नियन्त्रण गर्ने धेरै मेहनत गरिरहेको छ,’ ट्रम्पले ट्वीटरमा पोष्ट गरेका छन्, ‘चिनियाँ सरकारको प्रयास र पारदर्शीतालाई धेरै अमेरिका सराहना गर्छ । यसले राम्रो नतिजा देखाउनेछ । विशेषत, अमेरिकी जनताको पक्षबाट म राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु ।’

रोगलाई नियन्त्रण गर्ने प्रयासमा चीनले शुक्रबार उहानमा एउटा पूर्ण नयाँ हजार बेडको अस्पताल निर्माण सुरु गरेको छ । चीनभर १५ सहरमा यातायात प्रतिबन्ध लगाइएको छ ।

बुधबार एक अन्तरवार्तामा ट्रम्पले भाइरस नियन्त्रणमा आइसकेको हुनसक्ने बताएका थिए । उनले चिनियाँ सरकार रोगलाई लिएर पारदर्शी रहेको विश्वास व्यक्त गरे ।

कोरोना भाइरसले विकराल रुप लिँदा संक्रमणका कारण हालसम्म ५६ को मृत्यु भइसकेको छ भने २ हजारमा रोग पहिचान भइसकेको छ ।