काठमाडौं - द कपिल शर्मा शोबाट चर्चित कमेडियन कपिल शर्मा आउट हुने भएका छन् । शर्माले चलाएको उक्त शो अहिले चर्चित भएको छ । अहिले चलिरहेको शो दोस्रो सिजन हो ।

कपिल शर्मा आउट हुनेभएपछि शो मा को आउँदैछ भन्ने चर्चाको विषय बनेको छ । भारतीय संचारमाध्यमहरूले कपिल शर्माको ठाउँमा चर्चित अभिनेता अक्षय कुमार आउने सम्भावनाका साथ समाचार लेखिरहेका छन् ।

१०० औं एपिसोड पूरा भएपछि सोनी टेलिभिजनसँग शर्माले गरेको कन्ट्रयाक्ट पूरा हुनेछ । त्यसपछि शर्मा शोमा देखिने छैनन् ।