काठमाडौं - पूर्ण रुपमा बन्द रहेको नबिल बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा शुरु भएको छ । गत शुक्रबार अर्थात असार ४ गतेदेखि बन्द रहेको बैंकको बैंकिङ्ग सेवा आजबाट यथावत रुपमा शुरु भएको हो ।

बैंकले आफ्नो कोर बैंकिङ्ग सिष्टम(सीबीएस) स्तरोन्नती गर्नको लागि गत असार ४ गते दिउँसो ४ बजेदेखि आज(असार ७ गते) सोमबार बिहानसम्म सम्पूर्ण सेवा बन्द गरेको थियो । यो अवधिमा बैंकको सबै शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड (क्रेडिटरप्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्णरुपमा बन्द थियो ।

No description available.