काठमाडौं - ब्राजिलियन फुटबलर नेयमारले कम उमेरमा राष्ट्रिय टिमका लागि एक सय क्याप जित्ने कीर्तिमान बनाएका छन्  । मैत्रीपूर्ण खेलका क्रममा सेनेगलविरुद्दको खेलमा मैदानमा उत्रिएपछि उनले यो कीर्तिमान बनाएका हुन् ।

नेयमारले नयाँ रेकर्ड बनाउँदा ब्राजिलले भने सेनेगलसँग १–१ गोलको बराबरीमा चित्त बुझायो । त्यसो त ब्राजिलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नवौँ मिनेटमा रोबर्टो फिर्मिन्होको गोलमार्फत ब्राजिलले अग्रता बनाएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा सेनेगलका फमारा डाइडयौले गोल गर्दै टिमलाइ बराबरीमा पुर्‍याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा ब्राजिलले दबाव दिए पनि गोल थप्न सकेन ।

यो खेलमा एक सय क्याप पुर्‍याएका नेयमारले २७ वर्षको उमेरमा यो कीर्तिमान बनाएका हुन् ।