काठमाडौं - अत्यधिक मोबचेन्नईका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डाक्टर राकेश जलालीले गरेको अनुसन्धानले अत्यधिक मोबाइलको प्रयोग बच्चाको मस्तिष्कका लागि खतरनाक रहेको निष्कर्ष निकालेको छ ।

अध्ययनअनुसार मोबाइलको अत्यधिक प्रयोगका कारण बच्चाको काननजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या देखिन सक्छ । उनले बच्चालाई लामो समय मोबाइल प्रयोग गर्न नदिन अभिभावकलाई सुझाएका छन् । 

उनका अनुसार ६ देखि सात घन्टासम्म लगातार मोबाइलमा कुरा गर्दा ट्युमर हुन सक्छ । मोबाइलमा नेटवर्क कमजोर हुने समय मानिसले कानमा जोडसँग टँसाएर कुरा गर्छन्, जसलाई राम्रो मानिँदैन । यस्तो अवस्थामा रेडिएसन एक्सपोजरको खतरा बढ्दै जान्छ । 

चिसो कपाल भएको अवस्थामा मोबाइलमा कुरा गर्नुहुँदैन । ब्रेन ट्युमरबाट वयस्क मानिस बढी पीडित हुन्छन् । धेरै मानिसमा ब्रेन ट्युमरबारे चेतनाको अभाव छ ।

यस्तो समस्या  सुरुवाती चरणमा थाहा भएमा भने राम्रोसँग उपचार गर्न सकिन्छ । क्यान्सरपीडितमध्येका करिब दुई प्रतिशत मानिस ब्रेन ट्युमरबाट ग्रसित हुन्छन् । ब्रेन ट्युमरले बच्चाको आँखा देख्ने क्षमतामा ह्रास ल्याउँछ ।