काठमाडौं - पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार ७१ हजार चार सय रुपैयाँमा कारोवार भएको थियो । 

महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार नौ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार ७१ हजार तीन सय रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार एक सय रुपैयाँमा खरिदबिक्री भएको थियो । 

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला ८ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको छ ।