काठमाडौं - नेपाल  दुरसंञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई विवादमा तान्न  केही नेता लागि परेका छन् ।

नेकपाको स्थायी कमिटी बैठकमा सरकारले गरेको नियुक्तिका विषयमा नेकपा नेता लेख राज भट्टले सरकारको चर्को आलोचना गर्दै नेपाल दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिको बारे प्रश्न उठाउँदै उनले भने आफू मन्त्री भएको बेला झाले घुस दिन प्रस्ताव गरेको आरोप लगाए ।

झाले घुस दिन प्रस्ताव गरेको भए त्यो बेला भट्ट किन बोलेनन् र सात वर्षपछि झाको चरित्र हत्या गर्ने काम गरे उनी सात वर्षसम्म के हेरेर बसे  यो विषयमा भट्टको चौतर्फी विरोध भइरहेको छ ।

नेपाल आयल निगममा दुई कार्यकालसम्म सफलतापूर्वक कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका अनुभवी झा नेपाल दुरसंचार प्राधिकरणमा पहिलो कार्यकाल सफलतापूर्वक सम्हालेपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला दोस्रो कार्यकालको लागि नियुक्ति पाएका थिए । वर्तमान सरकार आएपछि देउवा सरकारले नियुक्ति गरेको सबैलाई सरकारले हटायो र उनी पनि त्यही लटमा परे ।

उनी भिजन भएका एक कुशल व्यवस्थापक भएका कारण वर्तमान सरकारले उनलाई पाँच वर्षका लागि फेरि नियुक्ति दियो । 

को हुन् दिगम्बर झा ?


नेपाल दुरसंञ्चार प्राधिकरणका अध्यक्ष झा एक अब्बल व्यक्ति हुन् । उनी २० वर्ष सरकारी सेवामा काम गरेका स्वच्छ छवि भएको  इमान्दार, प्रोफेसनल र कुशल व्यवस्थापक हुन् ।

उनी नेपाल आयल निगममा कार्यकारी निर्देशक हुँदा होस् या दुरसंचार प्राधिकरण मा हुँदा उनले धेरै प्रशंसनीय काम गरेका छन् । आयल निगममा हुँदा तेलमा मिसावट गर्ने र गलत काम गर्ने कर्मचारीलाई निलम्बन गरी निगममा व्यापक सुधार गरेका थिए ।

शहरमा मात्र केन्द्रित रहेको संचार क्षेत्रलाई गाउँगाउँमा पुर्याउने काम उनैले गरेका हुन् । अझ धेरै यस्ता योजनाहरु उनीसँग छ यस्तै योग्य र असाधारण क्षमताको कारण उनलाई वर्तमान सरकारले पाँच वर्षको लागि नियुक्ति दिएको हो ।