काठमाडौं - जिब्रोको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ । यो संवेदनशील अंग प्रायः चिसोले सुन्निने गर्छ । तसर्थ, टनसिलको समस्या प्रायः चिसो मौसममा देखिने गर्छ ।

टनसिल सुन्निएको अवस्थामा खानपिनमा समस्या हुने मात्र होइन, दुखाईले थुक निल्न पनि कठिन हुने गर्छ । यस्तो अवस्थामा यसरी हेरचाह गर्न सकिन्छ । 

टनसिलको लक्षण

– घाँटीमा खसखस हुने ।

– खाना, र्याल, रस, थुकसमेत निल्न गाह्रो हुने ।

– बोल्दा कठिनाइ अनुभव हुने ।

टनसिलका लागि योग

टनसिलबाट जोगिन उष्ट्रासन, ताडासन, पश्चिमोत्तासन, जालन्धरबन्ध उज्जासी प्राणायाम आदि योग गर्न सकिन्छ ।

टनसिलको जडीबुटी उपचार

– मनतातो पानीमा फिटकिरी मिसाएर उठ्नेबित्तिकै र सुत्नेवेलामा कुल्ला गर्ने ।

– तुलसी तथा खयरको बोक्रा लशून, असुरो, भृंगराजको चिया नुनसँग दिनको ३–४ पटक पिउने ।

– खयरको बोक्रा चुस्ने ।

टनसिलको प्राकृतिक उपचार

– कुलकुल तथा कुञ्जल क्रिया गर्ने

– एनिमा तथा बाफ लिने ।

– घाँटीमा तातो पट्टि लिने ।

– जीवनशैली परिवर्तन गर्ने । जस्तै, चुरोट, तमाखु, गाँजाजस्ता धूमजन्य पदार्थको सेवन छोड्ने । बासी, दूषित, बेमेल र अप्राकृतिक, चिसो भोजन नखाने ।