काठमाडौं - चीनबाट तस्करी गरेर नेपाल ल्याइएको पाँच किलो सुनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । मंगलबार राति महानगरीय प्रहरी परिसरले बालाजुबाट बहादुर तामाङलाई पक्राउ परेको हो ।

१८ वर्षका सोमबहादुर तामाङ रसुवा गोसाइकुण्ड थमान ९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्‍याउने जिम्मा पाएका उनले सार्वजनिक यातायातमा चढेर कम्मरमा सुन बोकेका थिए ।

उनले विच्याटमा डिल गरेका थिए । एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको खुलेको छ । सुनका मुख्य मालिक को हुन् भन्ने खुलेको छैन् ।