काठमाडौं - खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ। 

काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो) मा रहेको आफ्नो जग्गामा किसानले धान रोपेपछि केही दिनदेखि विवाद बढिरहेको थियो।

सोही क्रममा आज बिहानै बाजागाजासहित प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल टियर ग्यास प्रहार गरेको छ। 

खोकनाको सुडोलफाँटमा १५ असारका दिन प्रहरीले स्थानीयलाई धान रोप्न अवरोध गरेको थियो। द्रुतमार्ग बनाउन अधिग्रहण गरिएको जग्गा भएकाले अतिक्रमण र खेती नगर्न प्रशासनले आग्रह गर्दै आएको छ।