एजेन्सी - तालिवान बिद्रोहीले अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरे लगत्तै तालिवानको यो चेतावनी आएको हो ।

अनुभव र परिपक्वक्ता बिनाको निर्णय अमेरिकाले गरेको भन्दै तालीवानी बिद्रोहीले शान्ति सम्झौता लागि अन्तिम बिन्दुमा अमेरिकाले धोका दिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालीवानी बरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच हुन लागेको भेटघाटको अघिल्लो दिन अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत अमेरिकाले तालीवानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणा गरेका थिए ।

अफगानिस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको बताइएको छ ।

अफगानिस्तानलाई अमेरिकाको कठपुतलीको संज्ञा दिएको तालिवान बिद्रोहीले अफगानिस्तानका प्रतिनिधिसँगै वार्ता गर्न अस्वीकार गर्दै आइरहेकोमा शान्ति सम्झौता भंगको अमेरिकाको निर्णयले अफगानिस्तान थप अप्ठेरोमा परेको विश्लेषण गरिएको छ ।