एजेन्सी - जापानी प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने भएका छन् ।

स्वास्थ्यको कारण पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिन लागेको जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिने बताइएको छ ।

आफ्नो स्वास्थ्यको कारण सरकारको कामकारबाहीमा असर नपुगोस् भनेर आबेले राजीनामा दिन लागेको सत्तारूढ पार्टीका अधिकारीहरू बताउँछन् ।

अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित आबे पछिल्लो समय दुई पटक अस्पताल गएका छन् । यद्यपी, उनको स्वास्थ्यको बारेमा अस्पतालले केहि खुलाएको छैन ।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए।