बझाङ - बझाङमा सहोदर मामाले आफ्नै भान्जीको बलात्कार गरेका छन् ।  बझाङका धन बहादुर विष्टले आफ्नै भान्जीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भान्जीलाई घरमा राखेर पालन पोषण गर्ने, पढाई दिने भन्दै  यौन शोषण  गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी ईश्वरीदत्त पाण्डेले बताए ।

उनलाई बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको छ ।

६३ बर्षीय विष्टले ९ कक्षामा अध्ययनरत भान्जीलाई  पानीमा बेहोस पार्ने औषधि खुवाएर बलात्कार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । साथै उनले भान्जीको मोबाइलमा नै अश्लिल फोटोहरु खिचेको र बालिकालाई सो कुराको जानकारी  पनि स्थानियले बताएका छन् ।