काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका  निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा अदालत पुगेका छन् ।

बाँस्कोटाले आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार आफ्नो प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्ज्ती मुद्दा दायर गरेका हुन् ।

मुद्दा दायर गरेपछि बाँस्कोटाले ट्वीट सन्देश मार्फत भनेका छन्  ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’

केही दिन पहिले  मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी एक अडिओ सार्वजनिक गरेका थिए। उक्त  अडियो सार्वजनिक भएलगत्तै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा समेत दिएका थिए।