काठमाडौं - सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार दयाराम दाहाललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनी चलचित्र निर्देशक तथा प्रोड्युसरका रूपमा परिचित छन् ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । नायक भुवन केसी, निखिल उप्रेतीलगायतले पनि अध्यक्षका लागि आवेदन दिएका थिए ।