एजेन्सी - कन्नड टिभी अभिनेता सुशील गौडाले पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको कारण खुलेको छैन । 

३० वर्षका सुशील आफ्नो गृहनगर कर्नाटकमा बस्थें । उनले रोमान्टिक सिरियल अन्तपुरामा काम गरेका थिए । प्राप्त जानकारीअनुसार सुशीलले मंगलबार आत्महत्या गरेका हुन् । अभिनेतासँगै उनी फिटनेश ट्रेनर पनि थिए र कन्नड फिल्म उद्योगमा आफुलाई स्थापित गर्न मेहिनत गरिरहेका थिए । प्रदर्शनमा आउन बाँकी रहेको ‘सालागा’ फिल्ममा उनले पुलिसको भूमिका निर्वाह गरेका थिए, यस फिल्ममा अभिनेता दुनियाँ विजय लिड रोलमा छन् । 

सुशीलको निधनपछि अभिनेता दुनियाँ विजय निकै दुखित भएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जब मैले पहिलोपटक उनलाई देखेको थिएँ तब मलाई उनी हिरोजस्तो लाग्यो । फिल्म रिलिज हुनअघि नै उनले हामीलाई चाँडैं छाडेर गए ।

आत्महत्या गर्नु कुनै समस्याको हल होइन । मलाई लाग्छ कि यस वर्ष मृत्युको सिलसिला रोकिदैंन । केवल कोरोना भाइरसका कारण यो भएको छैन । मानिसको जागिर गइरहेको छ । उनीहरुमा विश्वासको कमी छ । यस समय मजबुत बनेर बस्नुपर्छ, जसकारण यस मुस्किल घडीबाट निस्कन सकियोस् । 

त्यस्तै निर्देशक अरविन्द कौशिकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘निकै दुःखद खबर प्राप्त भयो । सुशील गौडा जो टिभी सिरियल ‘अन्तपुरा’ मा लिड रोलमा थिए, अब यस दुनियाँमा रहेनन् । उनको आत्मालाई शान्ति मिलोस् ।’