काठमाडौं - बलिउड अभिनेता सलमान खानले रियालिटी सो ‘बिग बोस’ छोड्ने भएका छन् । उक्त कार्यक्रमका प्रस्तोतासमेत रहेका उनले हालै बिग बोसको १३ औँ सिजन छोड्ने खबर बाहिरिएको हो ।

अभिनेता सलमानले यसबारे पहिलो पटक मुख खोलेका हुन् । उनले एक भारतीय सञ्चारमाध्यमलाई भने, ‘मेरो एक मनले भन्छ, बिग बोस छोडिदिऊँ, तर एक मनले भन्छ, नछोडु । र, नछोडुँ भन्ने भाव बलियो छ ।’

उनले बिग बोस सिजन १३ औँ शृंखलाको पाँच साताको कार्यक्रम भने चलाउने छैनन् । स्वास्थ्य र व्यस्तताका कारण उनी सोबाट बाहिर रहने जनाइएको छ । सो अवधिमा उक्त कार्यक्रम निर्देशक फराह खानले सञ्चालन गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।