काठमाडौं - सर्वोच्च अदालतले संसद् विघटन बदर गरिदिएसँगै संसद् पुनर्स्थापना गर्न आदेश दिएको छ । 

मंगलबार साँझ फैसला सुनाउँदै अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।