काठमाडौं - बाहुबली स्टार प्रभास नयाँ फिल्मको छायांकनमा लागेका छन् । यसै वर्ष बहुप्रतिष्ठित फिल्म साहो भारतीय बक्स अफिसमा दमदार कमाई गरेपछि उनको पछाडि लगानी गर्न निर्देशक लागेका हुन् । साहो यो वर्षकै धेरै कमाई गर्ने फिल्मको सूचीमा समेत परेको छ ।

हालै प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको घोषणा गरेका हुन् । प्रभासले गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा काम थालेका हुन् । यो हाउस तेलुगुको प्रतिष्ठित प्रोडक्सन हाउसमध्ये एक हो ।

खबरका अनुसार फिल्म हिन्दी, तेलुगू र तमिल भाषामा रिलिज हुनेछ । यद्यपि फिल्मको शीर्षक र अन्य कलाकारका बारेमा भने केही खुलाइएको छैन ।