काठमाडौं - अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) को महामारीबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ भने कोरोनाबाट संक्रमितको संख्या ६९ हजार पुगेको छ ।

अमेरिकी सीनेटले २० खरब अमेरिकी डलर श्रमिक, व्यापारी र स्वास्थ्य सेवा प्रणालीको सहायताका लागि पारित गरेर अनुमोदनका लागि तल्लो सदनमा पठाएको छ ।

यही बीचमा संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले गरिब देशमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मानवीय सहायता संकलनका लागि अपील गरेका छन् । उनले त्यसका लागि कम्तिमा पनि २ अरब डलर रकम संकलन गर्नुपर्ने आवश्यक्ता ‍‍औंल्याएका छन् । 

जन्स हप्किन्स विश्विविद्यालयले संकलन गरेको तथ्याँङ्क अनुसार विश्वभर ४७२,००० भन्दा धेरै व्यक्तिमा कोभिड-१९ को संक्रमण फैलिएको छ भने २१,००० भन्दा धेरैको ज्यान गइसकेको छ ।  १ लाख १४ हजार भाइरस मुक्त भएको पनि विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७ सय जनाको मृत्यु भएको छ । स्पेन अब इटालीभन्दा पछि सबैभन्दा बढी प्रकोप फैलिएको मुलुक बनेको छ ।