काठमाडौं - सशस्त्र प्रहरीका असर्इ हत्याका आरोपी राज्यमन्त्रीले आत्मसर्मपण गरेका छन् । थमन विकको अत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले  सोमबार उनले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् ।

असर्इ हत्या मुद्दामा अदालतले राज्यमन्त्री शर्मालार्इ दोषी ठहर गरेपछि उनी केही समयदेखि ‘फरार अभियुक्त’को सूचीमा थिए । तर सोमबार उनी आफै अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।


२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत घाइते असई थमन विकको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरुले जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर हत्या गरेका थिए ।