काठमाडौं - चीनमा देखा परेको रहस्यमय भाइरसबाट संक्रमण हुने संख्या चिनिया तथ्यांकले देखाएको भन्दा पनि धेरै भएको वैज्ञानिकहरुले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमण हुने अहिले सम्ममा ६० भन्दा धेरै भएको बताए पनि वेलायतका विशषज्ञहरुको अनुसार, एक हजार सात सय जति बिरामी भएको छन् ।

वुहान शहरमा डिसेम्बर महिनामा श्वासप्रश्वासमा समस्या भएर दुई जनाको मृत्यु भएको थियो । रोग पत्ता लगाउने वैज्ञानिक निल फर्ग्युसनको भन्छन्, 'एक हप्ता अगाडी भन्दा पनि अहिले सतर्कता अपनाउनु जरुरी भएको छ ।'

चिन्ताको विषय 

सिंगापुर र हङकङले वुहान हुँदै आउने आफ्नो हवाई यात्रुहरुलाई जाँच गर्न शुरु गरेको बताएको छ । त्यस्तै अमेरिकाका अधिकारीहरुले वुहानबाट यात्रु हवाईजहाज आउने तीन मुख्य विमानस्थल, सान् फ्रान्सिस्को, लस एन्जलस र न्युवर्कमा कडा जाँच राखेको छ ।

कसरी फैलियो भाइरस 

अन्य देशहरूमा पत्ता लागेका केसहरूबाट यस समस्याको विषयमा तथ्य बाहिर आएको थियो । वुहान शहरमा पहिलो पटक देखिएको उक्त भाइरसबाट थाईल्याण्डमा दुई र जापानमा एक जनालाई  संक्रमण भएको भेटिएको थियो । त्यसपछि यस विषयलाई लिएर चिन्ता बढ्न थालेको छ ।

प्रोफेसर फर्ग्युसन भन्छन्, 'वुहानबाट भाइरस अन्य तीन देशमा फैलिएको थाहा भएपनि, अरु देशहरुमा पनि संक्रमण भएको आशंका छ ।' वुहान अन्तराष्ट्रिय विमानस्थलले १९ मिलियन जनतालाई सेवा दिदै आएको छ, दैनिक तीन हजार चार सय अन्तराष्ट्रिय यात्रु त्यहाँबाट यात्रा गर्छन् । अनुसन्धानको तथ्यांक अनुसार भाइरस संक्रमणको एक हजार सात सय केस पत्ता लागेको बताइएको छ ।

अब के हुन्छ ?

प्रोफेसर फर्ग्युसन भन्छन्, 'अहिले शुरुवातमा नै धेरै सतर्क हुनु पर्दैन जस्तो लागेको थियो तर एक हप्तामा अवस्था चिन्ताजनक बनेको छ ।'

चिनियाँ अधिकारीहरुले भने उक्त भाइरस एक व्यक्तिबाट अर्कोमा सरेको कुनै तथ्यांक नभएको बताएको छ । उनीहरुले भाइरस सि-फुड र जंगली जनावरको बजारबाट संक्रमित जनावरको माध्यमबाट सरेको बताए ।

प्रोफेसर फर्ग्युसन, मानिसबीच यो भाइरस सजिलै फैलिन सक्ने भएको कारण सतर्क रहनु पर्ने बताउँछन् । उनि भन्छन्, 'कोरोना भाइरस जनावरबाट सर्ने भएता पनि थुप्रै संख्यामा मानिस संक्रमित भएका छन् ।'

कसरी फैलियो भाइरस ?

चीनमा अवस्थित विश्व स्वास्थ्य संगठन कार्यालय अनुसार यो भाइरस पत्ता लागे पनि अझ धेरै जानकारी खोज्न बाँकी रहेको छ र अहिले नै निर्णयमा पुग्न नहुने बताएको छ । हालसम्म उक्त भाइरसको संक्रमण कारक, क्लिनिकल फिचर, कसरी फैलियो तथा भाइरसको स्रोतको बारेमा केहि जानकारी पत्ता नलागेको बताएको छ ।

के हो कोरोना भाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकी लाग्नुका साथै गम्भीर श्वासप्रश्वास सिन्ड्रोम जसलाई एक्युट रेस्पिरेटरी सिन्ड्रम भनिन्छ, यो रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूबाट सर्ने देखिए पनि मानिसबाट सङ्क्रमित बनाएका छैनन् ।

चीनमा सन् २००२ मा उक्त कोरोना भाइरसले आठ हजार ९८ मानिस संक्रमित भएका थिए जस मध्य सात सय ७४ को मृत्यु भएको थियो ।

उक्त भाइरसले कतिपय बिरामीमा निमुनिया हुने गर्दछ, यो वर्ष चीनमा मृत्यु भएका मानिस निमुनियाले ग्रस्त थिए ।

के भन्छन् विशषज्ञ ?

वेलकम मेडिकल रिसर्च च्यारिटीका निर्देशक डा जेरेमी फरार भन्छन्, 'यस संक्रमण अझै फैलिने सम्भावना छ, अहिले मानिस बाट मानिसमा संक्रमण नभएपनि पछि भने यो मानव बाट नै फैलिने छ , हामीले चीन र अरु देशमा अझ धेरै संक्रमणको केसको वारेमा सुनेका छौ, यो अझ अरु थुप्रै देशमा पनि फैलिने छ ।'

ब्रिटेनस्थित नटिङ्गहम विश्वविद्यालयका प्राध्यापक, जोनाथन बल भन्छन्, 'अहिले साबै भन्दा ठुलो समस्या भनेको यो भाइरस द्रुत गतिमा फैलिदै छ र ल्याबमा यसको परिक्षण पछी मात्र कति जनालाई संक्रमण भयो भन्ने तथ्यांक थाहा हुन्छ तर अहिले सम्म ४१ प्रकारका भाइरस मानिसमा सरेको भेटिए पनि अझ धेरै हुन सक्ने सम्भावना उत्तिकै छ ।'

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

ज्वरो आउनु र खोकी लाग्नु

छिटोछिटो सास फेर्नु

श्वासप्रश्वासमा कठिनाइ हुनु

गम्भीर भएमा निमोनिया हुनु

सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ ।

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने

खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

मासु र अण्डा राम्रोसँग पकाएर खाने

कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।