काठमाडौं - अभिनेता तथा निर्माता विवेक ओबरायले बालाकोट हमलाबारे फिल्म निर्माण गर्ने भएका छन् । उनी यसअघि गत वर्ष प्रदर्शनमा आएको नरेन्द्र मोदीको बायोपिकमा मोदीको भूमिकामा देखिएका थिए ।

बालाकोट नामको नयाँ फिल्म २६ फेब्रुअरीमा भारतीय हवाई सेनाले गरेको एयर स्ट्राइकमा आधारित छ । 

यसै वर्ष १४ फेब्रुअरीमा जम्मु–कस्मिरको पुलवामामा भारतीय अर्धसैनिक दस्तामाथि आक्रमण हुँदा ४४ जनाको मृत्यु भएको थियो ।

यस घटनाको जिम्मेवारी जैस ई मुहम्मदले लिएको थियो । घटनापछि भारतीय वायुसेनाको विमानले पाकिस्तानको बालाकोटमा हमला गरेको थियो ।

जैसको प्रशिक्षण शिविर रहेको स्थानमा हमला गरिएको भारतीय दाबी छ भने पाकिस्तानले बालाकोटमा कुनै आतंककारी शिविर नरहेको बताउँदै आएको छ ।